२०८१ बैशाख ८ गते शनिवार

वीरगञ्जमा कोरोनाबाट थप दुई जनाको मृत्यु

वीरगञ्ज ,भदौ १६ । वीरगञ्जमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । बाराको कोल्हबी नगरपालिकाका ६० वर्षीय र पहिचान नखुलेको अन्दाजी ६० वर्षकै दुई पुरुषको मृत्यु भएको हो ।

बाराका पुरुषको गण्डक कोभिड अस्पतालमा र ठेगाना नखुलेका अर्का व्यक्तिको नारायणी अस्पतालमा मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता बरिष्ठ चर्मरोग विशेषज्ञ डाक्टर अतुलेश चौरसियाले जानकारी दिए ।

क्रममा मंगलबार बिहान ४ः५० बजे उनको मृत्यु भएको चौरसियाको भनाइ छ । उनले भने, ‘शरीरमा अक्सिजनको मात्रा एकदमै कम भएकाले फूल अक्सिजनमा राखिएको थियो । अन्तमा रेक्सपाइरोटरी फेलियर भयो । बचाउन सकिएन ।’

पहिचान नखुलेका अर्का पुरुषको सोमबार बेलुका ८ः४५ मा मृत्यु भएको थियो । सामान्य ज्वरो र कमजोरीको समस्या रहेका उनको नारायणी अस्पतालको इर्मजेन्सी वार्डमा उपचार भइरहेको थियो ।

भदौ १३ गतेदेखि नै इर्मजेन्सीमा उपचाररत उनको मृत्युपछि जीन एक्पर्ट विधिबाट कोरोना परीक्षण गर्दा नतिजा पोजेटिभ आएको थियो । घरवारविहीन र पहिचान समेत नखुलेका उनी सडकमै बेवारिसे अवस्थामा जीबन व्यतित गर्दै आएका थिए ।

यसअघि जेठ ३० गते वीरगञ्जको घण्टाघरमा भेटिएको बेवारिसे शवमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । उनको हालसम्म पहिचान खुल्न सकेको छैन ।

वीरगञ्जमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५४ पुगेको छ । साउनयता मात्रै ५० जनाको मृत्यु भएको छ । मृत्यु भएका ५४ जनामध्ये पर्साका ३९ जना, बाराका ११ जना र रौतहटका ४ जना छन् । पर्सामा मृत्यु भएका दुई जनाको ठेगाना खुलेको छैन ।

प्रकाशित मिति : २०७७ भाद्र १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *