२०८१ माघ १२ गते शनिवार

नेपालमा कोरोना संक्रमनवाट मृत्यु हुनेको संख्या २३३ पुग्यो


काठमाडौं, भदौ १६ । चितवन, धरान र वीरगन्जमा गरि चार जना कोरोना संक्रमितको मृत्यु भएको छ ।वीरगन्जमा दूई र चितवन र धरानमा एक÷एक जनाको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोना संक्रमनवाट मृत्यु हुनेको संख्या २३३ पुगेको छ । चितवन मेडिकल कलेजमा भेन्टिलेटरमा उपचार गराइरहेका मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ का ५८ वर्षीय पुरुषको मृत्यु भएको छ । उनको मंगलबार विहान करिव ३ बजेतिर मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

उनी भदौ १४ गते चितवन मेडिकल कलेजमा उपचारका लागि ल्याइएका थिए । यो संगै चितवनमा मात्रै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ ।त्यस्तै वीरगन्जस्थित गण्डक कोभिड अस्थायी अस्पतालमा उपचाररत ६० वर्षीय कोरोना संक्रमित पुरुषको पनि मृत्यु भएको छ।बाराको कोलिभ निवासी उनको मंगलबार बिहान ५ बजेतिर मृत्यु भएको हो । उनी भदौं १० गते अस्पताल भर्ना थिए ।

वीरगन्जको नारायणी अस्पतालको आकस्मिक कक्षमा उपचाररत ६० वर्षीय पुरुषको सोमबार राति पौने ९ बजे मृत्यु भएको छ । ठेगाना नखुलेका ती पुरुष सडकमा बस्ने गर्दथे । उनलाई गत आइतबार एक समुहले अचेत अवस्थामा अस्पताल ल्याएको थियो।

त्यस्तै धरानमा सिरहाको मिर्चैया ६ निवासी ६५ वर्षीय कोरोना संक्रमित पुरुषको सोमबार राति साढे ९ बजे धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको छ । उनलाई गत भदौं १० गते विराटनगरस्थित विराट मेडिकल कलेजबाट धरान रिफर गरिएको थियो। उच्च रक्तचाप र मधुमेहका समेत विरामी उनलाई भदौ ९ गते संक्रमण पुष्टि भएको थियो।

प्रकाशित मिति : २०७७ भाद्र १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *