२०७८ जेष्ठ ४ गते मङ्गलवार

विहेगर्दा गर्दै दुलाहा दुलहीसहित ५ जना पक्राउ

दाङ,भदौ १६ । बालविबाह गराउन खोजेको अभियोगमा सल्यानमा ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बेहुला बेहुली, बेहुलाका बाबु आमा र पुरोहित समेत पक्राउ परेका छन् । सल्यानको बागचौर नगरपालिका वडा नं. ८ गैरागाउँ निवासी २५ बर्षीय दिपेन्द्र शर्माले बाँकेको बैजनाथ गाउँपालिका वडा नं. १ गाभर निवासी १८ बर्षीया लक्ष्मी जैसीसंग विवाह गरिरहेको भन्ने सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय थारमारेवाट खटिएको प्रहरीले टोलीले भदौ १४ गते विहान ८ बजेतिर बेहुलाका बुवा रेशम प्रशाद शर्मा, बेहुलाकी आमा र पुरोहितलाई समेत पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिएका छन् । पक्राउ परेका सबै विरुद्ध सल्यान जिल्ला अदातलवाट म्याथ थप गरि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७७ भाद्र १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *