तुलसीपुर, भदौ १६ । घोराहीमा थप १२ जना नयाँ संक्रमित थपिएका छन् । घोराही उपमहानगरपालिका वडा नं. १४ का ५२, ५९ र ६५ बर्षका पुरुष, २२ र ४६ बर्षका महिला, घोराही १५ का २१,३०,३३, ५०, ५६ बर्षका पुरुष र १५ बर्षीया किशोरी र घोराही १० का ३३ बर्षका पुरुषमा सोमवार संक्रमन पुष्टि भएको छ ।
जिल्ला कोरोना फोकल पर्सन कमल चन्दका अनुसार यो संगै जिल्लामा संक्रमित हुनेहरुको संख्या ७८४ पुगेको छ । त्यसमध्य ६९८ जना उपचार पछि घर फर्किएका छन् । हाल जिल्लामा ८४ जना सक्रिय संक्रमित रहेको चन्दले जानकारी दिएका छन् । जिल्लामा हालसम्म दूई जनाको कोरोनाका कारण मृत्यु भएको छ।
प्रकाशित मिति : २०७७ भाद्र १६ गते मङ्गलवार