
दाङ,भदौ १५ । दाङ तुलसीपुरकी एक महिलासहित बाँकेमा सोमवार ४० जनामा कोरोना संक्रमन पुष्टि भएको छ । जसमध्य बाँकेका मात्रै ३८ जना संक्रमित थपिएका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ निवासी ६० बर्षीया महिलालाई संक्रमन पुष्टि भएको छ । उनी विरामी भएपछि मेडिकल कलेज नेपालगन्जमा उपचारका लागि पुगेकी थिइन ।
त्यस्तै बर्दियाका ७५ बर्षीय एक जना पुरुषलाई पनि संक्रमन पुष्टि भएको छ । सोमवार बाँकेमा फेला परेका ४० संक्रमित मध्य १६ महिला र २४ जना पुरुष छन् ।भेरी अस्पताल नेपालगन्जमा गरिएको पिसिआर परीक्षणका क्रममा बाँकेमा फेला परेका ३८ जना संक्रमित मध्य कोहलपुरका मात्रै २४ जना छन् । त्यस्तै नेपालगञ्जका ८ जना र खजुराका ६ जनामा कोरोना देखिएको छ ।
मेडिकल कलेज कोहलपुरमा ७ जना र नेपालगञ्जमा थप १ जनामा कोरोना संक्रमन फेला परेको हो । मेडिकल कलेज नेपालगन्जमा पहिचान भएकी संक्रमित दाङको तुल्सीपुरबाट गएकी विरामी हुन भने मेडिकल कलेज कोहलपुरमा रहेका व्यक्ति बर्दिया जिल्लाका विरामी हुन ।
बाँकेमा हालसम्म संक्रमितको संख्या १ हजार ४२ पुगेको छ । त्यसमध्य ७ सय ३० जना उपचार पछि घर फर्किएका छन् । हाल बाँकेमा ३ सय ६ जना उपचाररत रहेको जिल्ला कोरोना फोलक पर्सन नरेश श्रेष्ठले बताए । बाँकेमा हालसम्म ६ जना संक्रमितको मृत्यु भएको छ ।
