काठमाडौ,भदौ १५। सोमबार देशभर कोरोनाका ८ सय ९९ संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ३९ हजार ४ सय ६० पुगेको छ। यसअघि आइतबारमात्र १२२१ जना कोरोना संक्रमित थपिएका थिए।
विगत २४ घण्टामा ५ सय ८८ जना कोरोनाबाट निको भई घर फर्किएको गौतमले बताए। २१ हजार ४ सय १० जना निको भएर घर फर्किसकेका छन्।
आजमात्रै ११ हजार १ सय २९ जनाको पिसिआर गरिएको छ। हालसम्म ६ लाख ९३ हजार ४ सय ७२ जनाको पिसिआर गरिएको छ। आज देशभर १७ हजार ८ सय २१ सक्रिय संक्रमित छन्।
पछिल्लो २४ घण्टामा थप ७ जनाको मृत्यु भएको छ। आजसम्मको मृत्यु हुनेको संख्या २२८ पुगेको छ।
प्रकाशित मिति : २०७७ भाद्र १५ गते सोमवार