२०८३ कार्तिक १४ गते शुक्रवार

सर्पले डसेका व्यक्तिमा कोरोना संक्रमन पुष्टि

तुलसीपुर, भदौ १५ । सर्पले डसेपछि उपचार गराउन अस्पतालमा गएका तुलसीपुरका एक व्यक्तिमा कोरोना संक्रमन पुष्टि भएको छ ।भेरी अस्पतालमा गरिएको पिसिआर परीक्षणका क्रममा  तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ फूलवारी निवासी  ४७ बर्षका पुरुषमाआइवार संक्रमन पुष्टि भएको छ ।

तुलसीपुरका कोरोना फोकल पर्सन विमल केसीले संक्रमित व्यक्तिलाई सर्पले डसेपछि उपचारका लागि सुरुमा राप्ती प्रादेशिकअस्पताल तुलसपुर पुगेको र पछि बाँकेका अस्पतामा उपचार गराउन गएको भन्ने खुल्न आएको बताए।

‘राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको उपचार पछि थप उपचारका लागि उहाँ नेपालगञ्ज गएको र  आशंका लागि पसिआर परीक्षणगर्दा रिपोर्ट पोजेटिभ आएको भन्ने छ,’ केसीले फरककोणलाई भने । सर्पले डसेका व्यक्तिलाई अस्पताल बाटै संक्रमन फैलिएकोआशंका गरिएको छ ।

आइतवार संक्रमन फेला परेका मध्य घोराहीका ६५ बर्षीय पुरुषपनि उपचारका लागि भरतपुर पुगेको समयमा संक्रमन भएको आशंकागरिएको छ । यसअघि टाउकोमा चोट लागेपछि भैरहवा उपचार गर्न गएका  घोराही उपमहानगरपालिका वडा नं. ५ निवासी ४० बर्षकाश्रीमान ÷ श्रीमतिलाई कोरोना संक्रमन पुष्टि भएको थियो ।  आइतवार दाङका ५ जनामा संक्रमन पुष्टि भएको थियो ।    

यो संगै जिल्लामा कोरोना संक्रमितको संख्या ७७२ पुगेको चन्दले जानकारी दिएका छन् । त्यसमध्य ६९८ जना उपचार पछि घर फर्किसकेका छन् । जिल्लामा हाल सक्रिय संक्रमित ७२ जना रहेका छन् । त्यसमध्य २ जनाको भने मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : २०७७ भाद्र १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *