दाङ, भदौ १३ । शनिवार मध्यान्हः १२ बजेसम्म ५ जना कोराना संक्रमितको मृत्यु भएको छ ।
चितवन मेडिकल कलेजको आइसीयूमा उपचाररत हेटौंडाकी कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
हेटौंडा उपमहानगरपालिका–५ की ४९ वर्षीया महिलाको शनिवार विहान मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ।
उनी मिगौलाको डायलाइसिस गर्न भनि साउन २७ गते चितवन मेडिकल कलेज आएकी जानकारी दिइएको छ ।
काठमाडौंमा २ जनाको मृत्यु
पाटन अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।
मृत्यु हुनेमा काठमाडौंकी ५१ र भक्तपुरकी ६२ वर्षीया दुई महिला रहेको अस्पताल प्रशासलने जानकारी दिएको छ ।
काठमाडौंकी महिलाको शुक्रबार राति साढे ९ बजे र भक्तपुरकी महिलाको शनिबार बिहान ६ बजे मृत्यु भएको जानकारी दिइएको छ ।
उच्च रक्तचापको समस्या रहेकी काठमाडौंकी महिला गत साउन ३० गते अस्पताल भर्ना भएकी थिइन ।
भक्तपुरकी महिला भदौं ८ गते भर्ना भएकी थिइन ।
वीरगन्जमा ३ जनाको मृत्यु
वीरगन्जमा थप ३ जना कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ।
एक महिला र दुई पुरुष रहेको वीरगन्ज हेल्थ केयर अस्पतालमा मृत्यु भएको छ ।
वीरगन्जकी ६५ वर्षीया महिलाको शुक्रबार बेलुका नारायणी अस्पतालमा मृत्यु भएको छ ।
त्यस्तै वीरगन्ज – १२ का ४३ वर्षीय पुरुषको शुक्रबार राति १२ बजे र शुक्रबार राति नै ३७ वर्षीय कोरोना संक्रमित पुरुषको पनि मृत्यु भएको छ।