सुर्खेत, भदौ ९ । बाँकेवाट भागेका एकजना कोरोना संक्रमितको खोजी सुर्खेतमा भइरहेको छ ।
बाँकेको आइसोलेसनबाट भागेर ती युवा सुर्खेत पुगेको सूचनाको आधारमा प्रहरीले खोजी थालेको बताएको छ ।
ती युवा आइतबार बेलुका भागेका थिए । त्यसअघि बाँके प्रहरीले कोहलपुर, नेपालगञ्ज लगाएका क्षेत्रमा खोजी गरेको थियो ।
फेला नपरेपछि सुर्खेत प्रहरीसंग बाँके प्रहरीले सहयोग मागेको हो ।
प्रकाशित मिति : २०७७ भाद्र ९ गते मङ्गलवार