काठमाडौँ,साउन ३१ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भारतीय स्वतन्त्रता दिवसको उपलक्ष्यमा शुभकामना तथा बधाई दिएका छन् ।
प्रधानमन्त्री ओली आज प्रधानमन्त्री मोदीलाई फोन गरी बधाई तथा शुभकामना दिएका हुन् ।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री अोली र प्रधानमन्त्री मोदी बीच टेलिफोन संवाद भएको बताएका छन् ।
दुईजनाको बीचमा अन्य के कुरा भयो त्यसको बारेमा परराष्ट्र मन्त्रालयबाट जानकारी आउने पनि उनले बताए ।
प्रकाशित मिति : २०७७ साउन ३१ गते शनिवार