बुटवल,साउन ३० । प्रदेश ५ को सामाजिक विकास मन्त्रालयका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका सूचना अधिकारी पुष्पराज पौडेलका अनुसार मन्त्रालयका एक कर्मचारीमा संक्रमण पुष्टि भएको हो ।
एकजना कर्मचारीमा संक्रमण पुष्टि भएसँगै उनको सम्पर्कमा आएका व्यक्ति तथा मन्त्रालयमा कार्यरत कर्मचारीहरुको स्वाब संकलन गर्ने काम सुरु भएको पौडेलले बताए ।
स्वाब संकलनपछि रिपोर्ट नआउन्जेल सबै कर्मचारीलाई क्वारेन्टिनमा बस्न निर्देशन दिइएको उनले बताए ।
प्रकाशित मिति : २०७७ साउन ३० गते शुक्रवार