साउन २९ । नेपालमा बितेको २४ घण्टामा थप ५२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरमा ९ हजार ५ सय ५९ जनामा गरिएको परीक्षणमा ५२५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार ९५७ पुगेको छ ।
२४ घण्टामा कोरोना संक्रमण निको भएर डिस्चार्ज हुनेको संख्या १०९ रहेको छ । साथै बितेको २४ घण्टामा चार जनाको मृत्यु भए संगै कोरोनाबाट मृत्यु हुनेको संख्या ९५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको हो ।
प्रकाशित मिति : २०७७ साउन २९ गते बिहिवार