बुटवल, साउन २८ ।बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत दूई जनाको उपचारका क्रममा मृत्यु भएको छ । साउन २५ गते अस्पतालमा भर्ना गरिएका ४५ बर्षीय एक पुरुष र २७ गते दिउँसो भर्ना भएका २५ बर्षीय अर्का एक पुरुष गरि दूई जनाको उपचारका क्रममा मृत्यु भएको छ ।
मृतक दुबै जना कपिलवस्तु जिल्लाका हुन । ४२ बर्षीय पुरुष कपिलबस्तु नगरपालिका वडा नम्बर २ का हुन भने २५ बर्षीय पुरुष कृष्णनगर नगरपालिका वडा नम्बर १२ का हुन ।मृतक मध्ये २५ बर्षीय पुरुषको मंगलवार स्वाव संकलन गरिएको भएपनि रिपोर्ट आइसकेको छैन । अर्का ४५ बर्षीय व्यक्तिमा भने यसअिघ नै कोरोना संक्रमण पुष्टि भईसकेको थियो ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले उनीहरु दुबैको मंगलवार राति उपचारका क्रममा बुटवलस्थित धागो कारखानाको कोरोना विषेश अस्पतालमा मृत्यु भएको जानकारी दिए । उनीहरु दुबै जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।