२०८१ माघ ३० गते बुधवार

तुलसीपुरमा एकैदिन २९ जना नेपाली सेनामा कोरोना संक्रमण पुष्टी

तुलसीपुर,साउन २७ । दाङको तुलसीपुरमा मंगलवार एकैदिन २९ जना नेपाली सेनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

भेरी अस्पताल बाँकेमा गरिएको स्वाब परिक्षणमा तुलसीपुरको १९ नम्बर बाहिनीका २९ जना नेपाली सेनामा कोरोना संक्रमण पुष्टी भएको हो ।

गएको साउन १८ गते प्युठानबाट आएका एक सेनामा कोरोना पुष्टी भएपछि उनको सम्पर्कमा आएका ३१ जनाको स्वाब संकलन गरि परिक्षणका लागि बाँके पठाइएको थियो ।

ति मध्ये २ जनाको रिर्पोट भने नेगेटीभ आएको र बाँकी २९ जनाको रिपोर्ट पोजेटिभ आएको तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रवर्द्धन शाखा कोभिड – १९ फोकल पर्सन बिमल केसीले जानकारी दिए ।

उनका अनुसार संक्रमित २९ जना सबै बाहिनी भित्रैको आइसोलेसनमा बसेका छन् ।

 

 

प्रकाशित मिति : २०७७ साउन २७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *