शरद रेग्मी, तुलसीपुर,साउन २६ । तुलसीपुर उद्योग वाणिज्य संघले तीन व्यक्तिलाई सम्मान गरेको छ । प्रदेशसभा सदस्य शंकर गिरी, भूमि संवन्धि समस्या समाधान आयोगमा केन्द्रिय सदस्य शोभाराम बस्नेत र नेपाली कांग्रेसको यातायात विभागको केन्द्रीय सदस्यमा मनोनित शुरेश हमालको स्वागत र सम्मानमा बाणिज्य संघले कार्यक्रम गरेको छ ।
‘मलाइ थाहा छ, ५ नं. प्रदेशको स्थायी राजधानी र नामाकरण समेत तोकिएको छैन, तर हरेक हिसावले दाङलाइ प्रदेशको राजधानी बनाउनुपर्छ,’ गिरीले भने ‘अव प्रादेशिक राजधानीको रथ पश्चिमतर्फ लागि सक्यो ।’ कार्यक्रममा बस्नेतले अव्यवस्थित बसोबास रहेका जिल्लाका सवै भूभागमा भूमिहिनहरुको वास्तविक लगत लिन सुरु गरि सकेको जानकारी दिए ।
उनले जिल्लामा व्यवस्थित बसोबासको अवधारणालाई कार्यन्वयन गरेरै छाड्ने जिकिर गरे । कार्यक्रममा हमालले यातायात क्षेत्र धरासायी भएको अवस्था रहेको भन्दै त्यसका लागि सरकारले विषेश भूमिका खेल्नु पर्ने बताए । सार्वजनिक यातायात क्षेत्रलाई चलायमान गराउन र यातायात व्यवसायीका समग्र समस्या समाधान गर्न सरकार जिम्मेवारी पूर्वक नलागेको उनको आरोप थियो ।
बाणिज्य संघका अध्यक्ष वीर वहादुर रावतको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा संघका पूर्व अध्यक्ष विमल रिजालले सम्वोधन गरेका थिए । संघका उपाध्यक्ष रामप्रसाद चालिसेले स्वागत मनतब्यवाट सुरु भएको कार्यक्रमको सहजीकरण महासचिव रुपवहादुर खत्रीले गरेका थिए ।