२०८१ माघ ३० गते बुधवार

नागरिकले सूचना नदिए अपराध नियन्त्रण गर्न गाह्रो हुन्छ – डिएसपी सिंह


तुलसीपुर, साउन २४।इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी शिवबहादुर सिंहले नागरिक प्रहरी साझेदारीका माध्यमबाट समाजमा शान्ति सुरक्षा कायम गर्न सहज हुने बताएको छ । रोटरी क्लब अफ तुलसीपुर सिटीको आयोजनामा भएको कार्यक्रममा डिएसपी सिंहले नागरिक स्तरबाट प्रहरीलाई तत्काल सूचना प्राप्त भएपछि मात्रै तुरुन्तै अपराधिक घटनाहरु नियन्त्रण गर्न मद्दत पुग्ने बताए ।

उनले समाजलाई सुरक्षित बनाउने अभियान अन्तर्गत तुलसीपुर उपमहानगरपालिकाका सबै वडाहरुमा टोल सुरक्षा समिति गठन भइसकेको जानकारी दिए । अबदेखि टोल सुरक्षा समितिले स्थानीय स्तरमा हुने घरेलु हिंसा,चोरी डकैति नियन्त्रणदेखि बिभिन्न चेतना मुलक कार्यक्रमहरु समेत प्रहरीसगंको समन्वय र सहकार्यमा गाउँ÷गाउँमा सञ्चालन गर्ने बताए ।

रोटरी क्लब अफ तुलसीपुर सिटीका अध्यक्ष सुरेश हमालको अध्यक्षतामा भएको कार्यक्रममा डिएसपी सिंहको जिवनी र व्यक्तित्वको बारेमा पूर्वअध्यक्ष तुफानबाबु श्रेष्ठले चर्चा गरेका थिए । क्लबका प्रस्तावित अध्यक्ष यज्ञबहादुर केसीको स्वागत मनतब्यवाट सुरु भएको कार्यक्रममा पूर्व अध्यक्ष विजय केसीले क्लबले गरेका सामाजिक गतिविधिबारे जानकारी दिएका थिए ।

कार्यक्रममा रोटरी फाउण्डेशनमा पाच सय डलर योगदान गरेका क्लवका पूर्वअध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ, निवर्तमान अध्यक्ष देवबहादुर केसी, अध्यक्ष सुरेश हमाल र प्रस्तावित अध्यक्ष यज्ञबहादुर केसीलाई क्लबका पूर्वअध्यक्ष कुशल तर्ताल, बिमल रिजाल, धर्मेन्द्र वैश्य, ललितबहादुर घर्ती र विरबहादुर रावतले प्रमाणपत्र र पिन लगाएर सम्मान गरेका थिए । क्लबका पब्लिक ईमेज चेयर राजिव वलीले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सहजीकरण सचिव देवेन्द्र केसीले गरेका हुन ।

प्रकाशित मिति : २०७७ साउन २४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *