नारायणपुर, साउन १८ । श्री सिद्ध रत्ननाथ मावि नारायणपुरले शिक्षकलाई कम्प्यूटर तालिम सुरु गरेको छ । विद्यालय व्यवस्थापन समितिले तीन दिने तालिम आइतवारदेखि सुरु गरेको हो ।
विद्यालयमा हुने अध्यापनलाई प्रविधिमैत्री बनाउन शिक्षकलाई कम्प्यूटर तालिम दिन लागिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपक पाण्डेले जानकारी दिए ।
शिक्षकहरुलाई कम्प्यूटर शिक्षाबारे जानकारी दिएर कक्षा ९ देखि ११ सम्म कम्प्यूटर शिक्षालाई प्रभावकारी बनाउने उदेश्य रहेको सञ्चालक समितिका अध्यक्ष पाण्डेले बताए ।
पाठ्य सामाग्री सम्बन्धित सामाग्रीहरु कम्प्यूटरमा कसरी खोजी गर्ने, डाउनलोड गर्ने र कम्प्यूटरबाट प्रोजेक्टरको माध्यमबाट विद्यार्थीलाई कसरी पढाउने भन्ने जस्ता कु्राहरु शिक्षकलाई सिकाउन लागिएको छ ।
दुरसञ्चार प्राधिकरण केन्द्रिय कार्यालयले यो माविलाई २४ वटा कम्प्यूटर सहयोग गरेको छ । असार २९ गते ती कम्प्यूटर विद्यालयलाई प्रदान गरिएको थियो । दुरसञ्चारले नेट पनि जडान गरिदिएको विद्यालयका प्रधानाध्यापक उत्तम खनालले जानकारी दिए ।
प्रकाशित मिति : २०७७ साउन १८ गते आइतवार