दाङ, साउन १० । नेपाल पत्रकार महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष विपुल पोख्रेलले स्थानीय सरकारको संसद टोल विकास संस्था रहेको बताएका छन् ।दाङको घोराही उपमहानगरपालिका वडा नं १५ भरतपुरमा रहेको एकान्त टोल बिकास संस्थाको आठौं बार्षिक साधारणसभालाई शनिवार सम्वोधन गर्दै प्रमुख अतिथि पोखरेलले तीन तहको सरकारको भूमिकामा उभिने निकाय टोल विकास संस्था रहेको उनले तर्क गरे ।
उपाध्याक्ष पोख्रेलले टोल विकास स्थानीय विकासको प्रमुख आधार भएको बताए । ‘स्थानीय सरकारले गर्ने र गरेका कामको बारेमा जवाफ माग गर्ने र सुझाव दिने अधिकार टोल विकास संस्थालाई छ,’ उनले भने ‘यसका लागि यहाँहरु टोल विकास संस्थाको तर्फबाट पहल थाल्नुहोला।’
कार्यक्रमका विशिष्ट अतिथि रोटरी क्लव दाङका पूर्व अध्यक्ष तिर्थ पौडेलले विकासको अवधारण सडक कालो पत्रे भएर मात्रे नहुने बताए । टोलमा रहने नागरिकको क्षमता, दक्षता, अनुभव र ज्ञानको प्रोफाईल बनाउन सके टोलको एकीकृत विकास सम्भव हुने उनले तर्क गरे । एकान्त टोल बिकास संस्थाका अध्यक्ष शंकर गौतमको सभापतित्व कार्यक्रम भएको हो ।
मन्दिरलाई ५१ हजार सहयोग
एकान्त टोलमा रहेको गणेश मन्दिरको भौतिक पूर्वाधार निर्माणका लागि ५१ हजार रुपैंया सहयोग गर्ने निर्णय गरेको छ । साधारणसभाले हरिकृर्तन भवनको पहिलो तला निर्माणका लागि टोल बिकास संस्थाबाट ५१ हजार रुपैया सहयोग गर्ने निर्णय गरेको हो ।
चार जना सम्मानित
टोलको बिकास निर्माण लगायतका काममा महत्वपूर्ण योगदान गरेको भन्दै साधारणसभा चार जनालाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा घोराही उपमहानगरपालिकाका उपप्रमुख सीता सिग्देल न्यौपाने, वडा नं १५ का अध्यक्ष रमेशकुमार पाण्डेय, एकान्त टोलका बासुदेव खनाल र बिश्वम शाही छन् ।
अध्यक्षमा पुनः गौतम
अधिवेसनले एकान्त टोल बिकास समितिको आगामी तीन बर्षे कार्यकालका लागि पुनः शंकर गौतमको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसहमतिले चयन गरेको छ । संस्थाको आठौं वार्षिक साधारणसभा तथा चौथो अधिवेशनबाट सर्वसम्मतिमा सो समिति चयन गरेको हो । जसको उपाध्यक्षमा शिवा शर्मा, सचिवमा हेमराज शर्मा, सहसचिवमा हेमराज अधिकारी र कोषाध्यक्षमा शरदकुमार आचार्य रहेका छन् ।
त्यसैगरी संस्थाको कार्यसमिति सदस्यहरुमा मिनराज खनाल, देवीसरा केसी, जानका घर्ती, विन्दु थापा, इन्द्रमणि अधिकारी र कुमारबसन्त आचार्य रहेका छन् ।