
तुलसीपुर, साउन १० । नेपाली काँग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले आफ्नै श्रीमतीको हत्या गरेका सशस्त्र प्रहरीका पूर्व डिआइजी रञ्जन कोइलाको कैद सजाय घटाउने फैसला बढो नाटकिय ढंगले आएको बताएका छन् । शनिवार गृहजिल्ला दाङ आएका पूर्व मन्त्री समेत रहेका गिरीले पदमा बसेको एउटा मान्छेले एक नारीमाथि गरेको जघन्ने अपराधमा कानुनी नियर्ण बढो नौटङ्की ढंगले आएको उनले टिप्पनी गरेका हुन ।
तुलसीपुरस्थित निवासमा पत्रकारहरु संग कुरागर्दै नेता गिरीले सर्वौच्चले पछिल्लो समय गरेको निर्णय भत्र्सना योग्य भएको बताए । ‘जघन्य अपराधमा कानुन मुताविक जस्तो सजाय हुनुपर्ने हो त्यो नभएर बढो नौंटङ्की ढंगले आएको छ,’ गिरीले भने त्यो भत्सर्ना गर्न योग्य छ।’
उक्त मुद्दा पुनरावलोकन गर्न महान्यायाधीवक्ताको कार्यालयले निवेदन दिइसकेको हुँदा यसमा पुनः न्यायालयको शाख जोगाउन भूमिका हुने विश्वास रहेको उनले बताए । सर्वौच्च अदालतले आफैंले प्रतिपादन गरेका कानुनी सिद्धान्तविपरित असार १५ गते प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणा र न्यायाधीश तेजबहादुर केसीको इजलासले कोइरालालाई जन्मकैदबाट साढे ११ वर्ष कैद घटाएर साढे ८ वर्ष र्पुयाइदिएको थियो। यही फैसलाका आधारमा उनी बिहीबार छुटिसकेका थिए ।
उक्त विषयमा बिहीबार महान्यायाधीवक्ता कार्यालयले सर्वाेच्च अदालतमा पुनरावलोकनको निवेदन दर्ता गराएको प्रवक्ता सञ्जीव रेग्मीले जानकारी दिएका छन् । नेता गिरीले नेकपाका दूईतिहाई बहुमतको सरकार पूर्णतया असफल शिद्ध भइसकेको दाबी गरे । कम्यूनिष्टहरु जनतााई झुक्काएर, राष्ट्रियताको खोक्रो नारा दिएर ठूलो पार्टी बनेको भएपनि अहिले आएर उनीहरुलाई मतदान गर्ने जनता नै निराह भएको अवस्था रहेको उनले टिप्पनी गरे । उनले सरकार भ्रष्टचार काण्ड, जग्गा काण्ड, वाइड बढी काण्ड, ओम्नि काण्ड, स्वास्थ्य उपकरण खरिद काण्ड जस्ता काण्डै काण्डमा फसेको जिकिर गरे । कोरोना भाइरस महामारीबाट जनतलाई जोगाउन सरकारले रचनात्मक कुनैपनि कार्यक्रम गर्न नसकेको उनले आरोप लगाए ।
फरक प्रशंगमा नेता गिरीले क्रियासिल सदस्यता वितरण गर्दा नेपाली काँग्रेसको विधान र चारतारे झण्डामुनी बसेर इमान्दारीका साथ लागि पर्ने सबै युवाहरु क्रियासिल सदस्यता लिनका लागि आतुर रहेको हुँदा त्यस्ता युवाहरुलाई वितरण गर्नुपर्ने तर्क गरे ।
काँग्रेस केन्द्रिय समितिले ५० प्रतिसत मात्रै क्रियासिल वितरण गर्ने भन्ने योजना बनाएको हुँदा त्यसले पार्टीलाई सानो बनाउने हुँदा काँग्रेसको विधानमा रहेर कटिवद्धताका साथ लाग्ने सबैलाई क्रियासिल सदस्यता वितरण गर्नुपर्ने उनले बताए । केन्द्रीय सदस्य गिरी घर आउन लागेको थाहाँ पाएपछि काँग्रेसका नेता कार्यकर्ता र युवाहरु बिजौरीसम्म मोटरसाईलकल तथा गाडीमा ¥यालीका साथ स्वागत गर्न पुगेका थिए ।