दाङ,साउन ९ । बारीमा आएको जंगली बँदेललाई पासो लगाई मारेको अभियोगामा सल्यानमा एक व्यक्ति पक्राउ परेका छन् ।
जिल्लाको कालिमाटी गाउँपालिका वडा नं. ५ मनिकापुर निवासी ३० बर्षीय दुर्गाबहादुर रोकाले आफ्नो मकै बारीमा मकै खान आएको बँदेललाई विहीवार दिउँसो पासो लगाएर मारेका थिए ।
उनले घरमा ल्याइ बँदेल काट्दै गरेको अवस्थामा प्रहरीे पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ।
आवश्यक कानुनी कारवाहीको लागि रोकालाई डिभिजन वन कार्यालय खलंगामा पठाइएको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : २०७७ साउन ९ गते शुक्रवार
