२०७८ बैशाख २८ गते मङ्गलवार

पूर्व मन्त्री मगरलाई ड्रागन फ्रूट बेच्न भ्याइ नभ्याई


राजेश खत्री,
दाङ,साउन ७ । पूर्व मन्त्री लोकेन्द्र विष्ट मगरलाई यतिबेला आफ्नै बगैचामा उत्पादित ड्रागन फ्रूट बेच्न भ्याइ नभ्याई छ । यो उनको बगैचामा फलेको दोस्रो लटको फल हो । पूर्व मन्त्री मगरका असारको पहिलो हप्तामा उनको बगैचामा पहिलो पटक ड्रागन फ्रूट फलेको थियो । जतिबेला उनले हप्ता दिनमै करिव ३ क्विन्टन फल हप्ता दिनमै बेचेर सकेका थिए । मानिसहरु खोज्दै उनीहरुको बगैचामै ड्रागन फ्रूट खोज्दै आइपुग्छन् ।

बाहिर रातो र भित्र सेतो हुने फललाई किलोको सात सय र बाहिर भित्र सबै रातो हुनेलाई प्रति किलोको आठ सय रुपैंयामा विक्रि गर्दै आएको मगरले जानकारी दिए । तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ मैरवामा मगरले साझेदारीमा ६६ कठ्ठा जमिन भाडामा लिएर जिल्लामै नौलो प्रजातिको मानिने ड्रागन फ्रूटको खेति गरेका छन् । पूर्वमन्त्री मगर, बीरबहादुर बुढा र धनबहादुर केसीले मिलेर विविधि कृषि फार्म दर्तागरि दाङमै नौलो प्रजातिको ड्रागन फ्रूटको खेति सुरु गरेका हुन ।

कठ्ठाको बार्षिक झन्डै ४ हजार पर्नेगरि १५ बर्षका लागि उनीहरुले भाडामा लिएका छन् । १५ बर्षमा उनीहरुले जग्गाको भाडा मात्रै झन्डै ४० लाख बुझाउने सर्त छ । ६६ कठ्ठाको जग्गामा उनीहरुले सात हजार ड्रागन फ्रूटका बोटहरु लगाएका छन् । सात हजार विरुवा मध्य २ हजार ५ सय सेतो प्रजातिको र ४ हजार ५ सय रातो प्रजातिको विरुवा उनीहरुले रोपेका छन् ।

उनको त्यो बगैचामा पहिलो लटको तीन हजार बोटमा यो बर्ष फलेको छ । पछिल्लो लटमा रोपेका थप चार हजार विरुवामा अmभैं फल लागेको छैन ।उनीहरुले ड्रागन पू्रmटको विरुवा पनि बेच्दै आएका छन् । सेतो खाले विरुवाको प्रति बोट दूई सय र रातो खाले विरुवाको प्रतिबोट तीनसय रुपैंयामा विक्रि गर्ने गरेको पूर्व मन्त्री मगरले बताए । हालसम्म क्षेत्रफलका हिसावले नेपलाको सबै भन्दा ठूलो ड्रागन फ्रूटको व्यवसायिक खेति यही नै हो ।



प्रकाशित मिति : २०७७ साउन ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *