दाङ,साउन ६ । विद्यालयहरुले भदौ १ गतेदेखि विद्यार्थी भर्ना लिन पाउने भएका छन् । मापदण्ड पुरा गरि भदौ १ गतेदेखि परीक्षा समेत सञ्चालन गर्न पाइने भएको छ । भर्ना लिन पाइएपनि पठन पाठन भने संञ्चालन गर्न नपाइने भएको छ ।
अध्ययन अध्यापन गर्नेगरी शैक्षिक संस्था, कलेज, ट्युसन क्लास भने सञ्चालन गर्न नपाइने सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए । शैक्षिक संस्थाहरु सञ्चालन गर्नेबारे पछि निर्णय हुने उनले बताएका छन् ।
सोमवार बसेको मन्त्रिपरिषद बैठकको निर्णयहरु मंगलवार सार्वजनिक गर्दै सरकारका प्रवक्ता खतिवडाले स्थगित भएका परीक्षाहरु पनि विद्यालयहरुले सञ्चालन गर्न पाउने जानकारी दिए । चैत ११ गतेदेखि लकडाउन सुरु भएपछि यो वर्ष एसइई परीक्षा समेत सञ्चालन गरिएन । शैक्षिक संस्था करिव ४ महिनादेखि बन्द छन् ।
प्रकाशित मिति : २०७७ साउन ६ गते मङ्गलवार