दाङ , कात्तिक ८ ।
वडा दसैंको आज अन्तिम दिन । आजपनि मान्ने जनबाट टीका थाप्न जाने चलन छ । त्यसपछि यो बर्षका लागि १५ दिन लामो बडा दसैँ पर्व सकिने छ ।
आज कोजाग्रत पूर्णिमा भएका कारण साँझमा सम्पन्नता प्रतीक मानिने देवी महालक्ष्मीको पूजा आराधना गरी जाग्राम बस्ने प्रचलन छ ।
अन्तिम दिन भएका कारण आज जमरालाई नजिकको जलासय जस्तै नदी, पोखरी आदिमा सेलाउने गरिन्छ ।
वडा दसैं नेपालीले निकै उत्साह र उल्लास पूर्वक मनाउने गर्छन । यो पर्वमा शक्तिस्वरुपा देवी लक्ष्मीको बिषेश पूजा आरधना गर्ने गरिन्छ ।
प्रकाशित मिति : २०८३ कार्तिक ९ गते आइतवार
