२०८१ बैशाख १४ गते शुक्रवार

मिटर नै नहेरी उद्योग सञ्चालकवाट विद्युत महसुल असुलेपछि विरोध

तुलसीपुर,साउन ६ । विद्युत कार्यालयले लकडाउनको समयमा पनि अघिपछि जस्तै रकम असुलेको छ । लकडाउनको समयमा प्राय सबै उद्योग वन्द थिए ।नेपाल विद्युत प्राधिकरण तुलसीपुरले उद्योगीलाई उद्योग चल्दाको समयमा आए बराबरको महसुल बुझाउन आग्रह गर्दै पछि बढी भएको रकम मिलाउने बताएको छ । ‘यो बीचमा उद्योग नै नचलेको भएपनि उद्योग चलेको समयको बराबर महसुल असुल्ने कार्य गलत हो,’ एक व्यवसायीले भने ‘ जति महसुल आएको छ त्यति नै बुझ्नु पर्छ ।’

उनले उद्योग चलेको समयको बराबर महसुल बुझ््नु बदमासी भएको बताए । ‘यसरी उद्योग नै नचलेको समयमा अग्रिम पैंशा असुल्न बदमासी हो,’ उनले भने ‘ यसले लकडाउनको कारण मर्काका परेका उद्योगीलाई थप आहात पु¥याएको छ।’लकडाउनको समयमा उद्योगहरु बन्द भएको हुँदा उद्योग चलेको समयमलाई आधार मानेर महसुल बुझाउन ताकेता गर्नु गलत भएको उनले बताए ।

यसैबीच तुलसीपुर उद्योग वाणिज्य संघको नेतृत्वमा मंगलवार तुलसीपुर क्षेत्रका उद्योगी व्यवसायी तुलसीपुर विद्युत प्राधिकरणका प्रमुखलाई उक्त विषयमा ज्ञापन पत्र बुझाउन जाने तयारी गरेका छन् ।

प्रकाशित मिति : २०७७ साउन ६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *