दाङ,साउन ५ । दाङमा अवदेखि बजार तथा पसलहरु राति ९ बजेसम्म खोल्न पाइने भएको छ । सोमवार बसेको सुरक्षा समितिको बैठकले बजार तथा पसलहरु राति नौं बजेसम्म खोल्ने निर्णय गरेको हो । जिल्ला प्रहरी प्रबक्ता डिएसपी सुमित खड्काले सबै सरोकारवालाहरुको छलफल पछि राति ९ बजेसम्म बजार तथा पसल खोल्ने निर्णय भएको जानकारी दिए ।
त्यस त्यसरी पसल खोल्दा स्वास्थ्य सामाग्री अनिवार्य प्रयोग गर्न र उच्च सुरक्षा सर्तकता अपनाउन आग्रह गरिएको छ । जिल्लामा हाल बेलुका ५ बजेसम्म बजार तथा पसल खुल्दै आएका छन् । नेपाल सरकारले कोरोना भाइरसको जोखिमबाट जोगिनका लागि भन्दै गतसाल चैत ११ गतेदेखि नेपालमा लकडाउन सुरु गरेको थियो । झन्डै ४ महिना पछि लकडाउन करिव हटेको जस्तै देखिएको छ ।
प्रकाशित मिति : २०७७ साउन ५ गते सोमवार