२०८१ पुष २९ गते सोमवार

९६ हजार घुससहित उद्याेग अधिकृत पक्राउ

बाँके,असार ३० । घरेलु तथा साना उद्योग कार्यालय बाँकेका उद्योग अधिकृत घुस रकमसहित पक्राउ परेका छन् । वलीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मङ्गलबार पक्राउ गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय नेपालगञ्जका प्रमुख गणेश गैरेले वलीलाई ९६ हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको जानकारी दिए ।

वलीले निर्माण व्यवसायीको लाइसेन्सबापत घुस रकम माग गरेको अख्तियारको टोलीले जनाएको छ ।

 

प्रकाशित मिति : २०७७ असार ३० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *