काठमाडौं, असार २६ । सरकारले अबदेखि देशभर सशुल्क पिसिआर परीक्षण गर्न दिने निर्णय गरेको छ ।यसअघि सम्म काठमाडौं उपत्यकाका वीर अस्पताल, पाटन तथा त्रिवि शिक्षण अस्पतालमा मात्रै सुल्कक तिरेर परीक्षण गर्ने व्यवस्थामिलाइएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको अध्यक्षतामा बसेको बैठकले असार २४ गतेदेखिप्रत्येक प्रदेशमा समेत शुल्क तिरेर कोरोना भाइरसको पिसिआर परीक्षणको अनुमति दिएको थियो ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार प्रदेश ५ मा लुम्बिनी अस्पताल बुटवल, कर्णालीमा प्रादेशिक जनस्वास्थ्यप्रयोगशाला सुर्खेत र सुदूरपश्चिममा प्रादेशिक प्रयोगशाला धनगढीलाई स्वीकृति दिइएको छ ।
त्यस्तै प्रदेश १ मा कोसी अस्पताल, प्रदेश २ मा नारायणी अस्पताल, गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरालाईसशुल्क परीक्षणको अनुमति प्रदान गरिएको छ । यी स्वीकृत अस्पतालहरुले अब पिसिआर परीक्षणका लागि प्रति व्यक्ति ५ हजार५०० रुपैंया लिन पाउने छन् । अब जो कुनै व्यक्तिले पनि सरकारले तोकेको सुल्क तिरेर आफ्नो पिसिआर परीक्षण गराउने सक्ने भएकोछ ।