दाङमा संक्रमितको संख्या ६०२ पुग्यो
तुलसीपुर,असार २४ । दाङमा बुधवार कोरोना भाइरसका थप चार जना नयाँ संक्रमित फेला परेका छन् ।
तुलसीपुरका एक र लमहीका तीन गरि चार जना संक्रमित थपिएका हुन ।
जसमा तुलसीपुर उपमहानगरपालिका वडा नं. २ का २८ बर्षीय पुरुष र लमही नगरपालिका वडा नं. ५ का २४ र ३३ बर्षका दूई पुरुष र वडा नं. ७ का २५ बर्षका अर्का एक पुरुष रहेका छन् ।
यो संगै जिल्लामा कुल संक्रमितको संख्या ६ सय २ पुगेको छ । त्यसमध्य दूई सय बढी उपचार पछि घर फर्किसकेका छन् ।
प्रकाशित मिति : २०७७ असार २४ गते बुधवार