
शरद रेग्मी,
तुलसीपुर, असार २० । रोटरी क्लव अफ तुलसीपुर सिटी र लायन्स क्लव अफ दाङको नेतृत्व एकैसाथ सुरेश हमालले सम्हालेका छन् । बर्ष २०२०÷२०२१ का लागि दुबै संस्थाको अध्यक्षमा हमाल सर्वहमतिमा चयन भएका हुन । ती संस्थाहरुमा यसअघिका पदाधिकारीहरुको कार्यकाल सकिएको हुँदा हमाल स्वतहः दुवै संस्थाको नेतृत्वमा पुगेका हुन ।
हमालको नेतृत्वमा गठित रोटरी क्लव अफ तुलसीपुरको इलेक्टेड प्रिसिडेन्टमा शिवप्रसाद श्रेष्ठ, नोमिनी प्रिसिडेन्टमा यज्ञबहादुर केसी, उपाध्यक्षहरुमा विनिल केसी, सन्दिपन रिजाल र इन्जिनियर पवन योगी चयन भएका छन् ।त्यस्तै सचिवमा देवेन्द्र केसी, कोषाध्यक्षमा दुर्गाबहादुर केसी लगायत अन्य सदस्य रहेका छन् ।
त्यस्तै लायन्स क्लव अफ दाङको प्रथम उपाध्यक्षमा हेमन्तडाँगी, दोस्रो उपाध्यक्षमा गणेश अधिकारी, तेस्रो उपाध्यक्षमा भागवत घिमिरे निर्वाचित भएका छन् । त्यसैगरी सचिवमा विनिल केसी, कोषाध्यक्षमा लोकबहादुर विष्ट, सहसचिव भोजराज न्यौपाने चुनिएका छन् । दुवै संस्थामा पदभार ग्रहण हुन बाँकि नै छ ।
