२०८१ माघ ९ गते बुधवार

प्रतिष्ठानमा २ वटा मेसिनवाट नुमना परीक्षण सुरु


तुलसीपुर, असार ३ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीले बुधवार एकै दिन ७ सय ५८ जनाको कोरोना परीक्षण रिपोर्ट सार्वजजिनक गरेको छ । एकै दिनमा यति धेरै रिपोर्ट सार्वजनिक भएको यो नै पहिलो पटक हो । प्रतिष्ठानमा कोरोना परिक्षण गर्ने दोस्रो मेसिन पनि थपिए संगै परिक्षणको दायरा बढेको हो । यसअघि एउटा मेसिनबाट मात्रै प्रतिष्ठानमा कोरोना परिक्षण हुँदै आएको थियो ।

हालसम्म दाङमा प्रतिष्ठानमा मात्रै कोरोना परीक्षण हुँदै आएको छ । बैशाखको दोस्रो हप्तादेखि प्रतिष्ठानमा कोरोना परिक्षण सुरु भएको थियो । तर पछिल्लो ल्याइएको मेसिनले बुधवार बाट प्रयोगमा आएपछि परीक्षणको दायरा बढेको हो । दुई वटा मेसिनमा पिसीआर विधिबाट गरिएको कोरोना परीक्षणमा बुधवार कुल ७ सय ५८ जनाको नमुना परीक्षण भएकोमा ७ सय २५ जना नेगेटिभ र ३३ जनामा कोरोना पोजेटिभ देखिएको प्रतिष्ठानले जानकारी दिएको छ ।

जुन संख्या हालसम्मकै सबैभन्दा धेरै हो । यस अघि प्रतिष्ठानले दैनिक दुई सयसम्म कोरोना परीक्षण गर्दै आएको थियो । दाङमा कोरोना परीक्षण सुस्त गतिमा भइरहेको गुनासो आइरहेका बेला परीक्षणको दायरा बढाएर आशा जगाएको एक चिकित्सकले बताए । कोरोना परीक्षणमा खट्ने ल्याबमा कार्यरत व्यक्ति तथा चिकित्सकलाई प्रतिष्ठानकी उपकुलपति डा. संगीता भण्डारीले धन्यवाद ज्ञापन गरेकी छन् ।सिमित स्रोत र साधनका बाबजुत पनि कोरोना जस्तो महामारीमा खटेर परीक्षणको दायरा बढाको भन्दै प्रतिष्ठानले प्रदेश तथा संघीय सरकारलाई समेत धन्यवाद दिएको छ ।काठमाडौं र जुम्लापछि दाङको प्रतिष्ठान धेरै संख्यामा कोरोना परीक्षण हुने मध्य चौथो स्थानमा छ ।

प्रकाशित मिति : २०७७ असार ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *