२०८१ माघ ९ गते बुधवार

सिमसिसी खारेज गर्न माग


घोराही, जेठ २४ । एमसिसी सम्झौताका विरुद्धमा दाङमा क्रियासिल ५ राजनैतिक दलहरुले घोराहीमा शनिवार बिरोध कार्यक्रम गरेका छन् ।बिरोध सभालाई सम्वोधन गर्दै नेकपा मसालका जिल्ला प्रबक्ता भरत भण्डारीले एमसिसी खारेजीको माग गरे ।

त्यो सम्झौता लागु भएमा देशको राष्ट्रियता, अखण्डता र स्वाधिनता कमजोर हुने उनको तर्क थियो । एमसिसी असम्लग्न परराष्ट्र नीतिको विपरित हुने हुँदा कुनैपनि हालतमा संसदबाट अनुमोदन हुन नहुने उनको जोड थियो । त्यो सम्झौता खारेज हुनु पर्ने कुरामा जोड दिए । राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष गणेश आचार्यले सरकारले आगामी बजेटमा बिबादाष्द सम्झौताको योजना समेत अगाडि बढाएको भन्दै त्यसको विरोधमा सबै देशभक्त नेपाली लाग्न जरुरी रहेको धारणा राखे ।

नेकपा क्रान्तिकारी माओवादीका केन्द्रिय सदस्य समिर केसी, नेकपा मालेका जिल्ला सचिब नेत्रप्रकास पान्डे, देशभक्त जनगणतान्त्रिक मोचाका जिल्ला अध्यक्ष नरेन्द्र बन्जाडे लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजिकरण राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य सुशील पोख्रेलले गरेका थिए ।

प्रकाशित मिति : २०७७ जेष्ठ २४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *