२०७८ जेष्ठ ४ गते मङ्गलवार

वडाध्यक्ष विरुद्ध १० दिन थुनामा राख्न म्याद थप

दाङ, जेठ २२ । रूकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नं. १३ का वडाध्यक्ष दीपक केसीलाई दश दिन थुनामा राख्न म्याद थप भएको छ । विहीवार वडाध्यक्षसहित प्रहरी पोष्ट आक्रमणमा संलग्न पक्राउ परेका तीन व्यक्तिलाई दश दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद थप भएको हो । प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलले वडाध्यक्ष केसीलाई थप दश दिन थुनामा राखेर घटनाबारे अनुसन्धान गर्न अनुमति प्रदान गरिएको जानकारी दिए ।

वडाध्यक्ष विरुद्ध प्रहरी कर्मचारीलाई अभद्र व्यवहार गरेको शिर्षकमा मुद्दा दर्ता भएको छ । थप प्रमाण जुटाएर अन्य शिर्षकमा पनि मुद्दा चलाउने तयारी गरिएको उनले बताए । वडाध्यक्ष केसीले मंगलवार बेलुका सवा ८ बजेतिर मदिरा सेवन गरि ग्याङ लगेर प्रहरी चौकीमा तोडफोड र आक्रमण गरेका थिए । बुधवार आक्रमणमा संलग्न वडाध्यक्षसहित केहीलाई प्रहरीले पक्राउ पछि थुनामा राख्दै आएको छ ।

प्रकाशित मिति : २०७७ जेष्ठ २२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *