२०७८ बैशाख २८ गते मङ्गलवार

बेलझुण्डी अस्पतालका सबै बेडहरु भरिभराउ


तुलसीपुर, जेठ २० । बेलझुण्डी कोरोना विषेश अस्पतालका सबै बेडहरु भरिभराउ भएका छन् । ५० जना संक्रमितलाई राख्न मिल्ने ठाउँमा ५१ जनालाई राखेर उपचार हुँदै आएकोमा मंगलवार एकजनालाई बुटवल रेफर गरेपछि अब ५० जना रहेका छन् । बेडहरु सबै भरिभराउ भएपछि अबदेखि सम्वन्धित गाउँपालिकाका क्वारेन्टिनलाई आइसोलेसनको रुपमा विकाश गरेर त्यही विरामी राख्न थालिएको छ ।

आइसोलेसन बेड अभावका कारण सोमवार फेला परेका घोराही उपमहानगरपालिकाका ९ जना संक्रमितलाई कुईरेपानीको क्वारेन्टिनमा राखिएको छ । कुईरेपानीको क्वारेन्टिनलाई आइसोलेनसका रुपमा विकाश गरेर त्यही विरामी राखेर उपचार थालिएको छ । मंगलवार फेलाका परेका मध्य बंगलाचुली गाउँपालिकाकालाई सोही गाउँपालिकाका क्वारेन्टिनमा राखिने भएको छ ।

राप्ती गाउँपालिकाका १ जनालाई बेलझुण्डी अस्पताल र अर्का १ जनालाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राख्ने गरि तयारी थालिएको स्रोतले बताएको छ । डेँगुका विरामीलाई रेफर गरिएपछि एउटा बेड खालि भएको हुँदा राप्ती गाउँपालिका १ संक्रमितलाई त्यसैमा राख्ने गरि तयारी गरिएको छ ।

प्रकाशित मिति : २०७७ जेष्ठ २० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *