
काठमाडौं, जेठ १। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा अहिलेसम्म कोरोना संक्रमितको संख्या दुई सय ४५ पुगेको बताएको छ। मन्त्रालयले बिहीबार विहान जारी गरेको विज्ञप्तिमा संक्रमित संख्या दुई सय ५० पुगेको उल्लेख गरेको थियो।
तर उक्त संख्यामा पाँच जना पूरानै संक्रमित दोहोरिएको पाइएकोले अर्को विज्ञप्ति निकालेर मन्त्रालयले संक्रमित संख्या सच्याउँदै दुई सय ४५ रहेको बताएको हो।

प्रकाशित मिति : २०७७ जेष्ठ १ गते बिहिवार