२०८१ फाल्गुन ६ गते मङ्गलवार

बाँकेमा थप एक जनामा देखियो कोरोना

वैशाख ३१। बाँकेमा बुधबार थप एक जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ। धुलिखेल अस्पतालमा गरिएको परीक्षणअनुसार बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ का ३६ वर्षीय पुरूषमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार दिउँसो जारी गरेको बक्तब्य अनुसार नेपालमा कोरोना संक्रमितको संख्या दुई सय १८  पुगेको छ।उनको  स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले जानकारी दिएका छन ।

प्रकाशित मिति : २०७७ बैशाख ३१ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *