२०८१ पुष २९ गते सोमवार

नेपालमा एकैदिन थपिए ५७ संक्रमित

दाङ, वैशाख ३० । मंगलवार नेपालमा एकैदिन ५७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार कपिलवस्तु, रूपन्देही, पर्सा र बारामा संक्रमित थपिएका हुन । पर्सा जिल्लामा सबैभन्दा धेरै ३९ जनामा एकै दिन कोरोना पुष्टि भएको छ ।

त्यसपछि रूपन्देहीमा ९, कपिलवस्तुमा ८ र बारामा १ जना नयाँ संक्रमित थपिएका छन् । नयाँ संक्रमित सबै पुरूष हुन । योसँगै नेपालमा कोरोना भाइरसका संक्रमित १९१ पुगेको छ ।

प्रकाशित मिति : २०७७ बैशाख ३० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *