२०८१ बैशाख २२ गते शनिवार

कपिलबस्तुमा थप १० जनामा कोरोना पुष्टि


दाङ, वैशाख २९ । दाङको छिमेकी जिल्ला कपिलवस्तुमा सोमवार थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रायका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले त्यसको पुष्टि गरेका हुन ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा कपिलवस्तु जिल्लाको यशोधरा गाउँपालिका वडा नं. ५ र बुद्धभूमि नगरपालिका वडा नं. ७ र १० का थप दश जनामा कोरोना भेटिएको अधिकारीले जानकारी दिए ।

संक्रमित सबै पुरूष रहेका छन । उनीहरुको उमेर १८, १९,२०,२०,२४,३०,३१,३४,३४ रहेको जानकारी दिइएको छ । एकजनाको उमेर भने खुल्न नसकेको जानकारी दिइएको छ । सबैको स्वास्थ्य अवस्था सामान्ने रहेको तथा सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको जानकारी दिइएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या अब १ सय २० पुगेको छ ।

प्रकाशित मिति : २०७७ बैशाख २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *