तुलसीपुर, वैशाख २६ । दाङमा शुक्रवार परीक्षण गरिएका ३८ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।
बेलझुण्डीस्थित कोरोना विशेष अस्पताल, लमही क्वारेन्टिन र राप्ती गाउँपालिकाबाट संकलन गरेर ल्याइएका ३८ जनाको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।
ती स्वाबहरुको परीक्षण राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा भएको कायम मुकायम रजिष्टार कैलाशप्रशाद देवले जानकारीदिएका छन् ।
प्रकाशित मिति : २०७७ बैशाख २६ गते शुक्रवार