दाङ,बैशाख २६ । नेपाली कांग्रेसका सभापति तथा संसदिय दलका नेता शेरबहादुर देउवाले राष्ट्रियसभा संसदीय दलको सचेतकमा संसद अनिता देवकोटालाई मनोनयन गरेका छन ।
नेपाली कांग्रेस संसदिय दलको विधान ( संशोधन तथा परिमार्जनसहित,२०७४) को धारा १३ को उपधारा (२) बमोजिम रिक्त रहेको संसदिय दलको सचेतकमा दाङ निवासी देवकोटालाई मनोनित गरेका हुन । सांसद देवकोटालाई उपलव्ध गराइएको पत्रमा विधान बमोजिम काम,कर्तव्य र अधिकार इमान्दारीपूर्वक गर्ने विश्वास व्यक्त गरेका छन ।
प्रकाशित मिति : २०७७ बैशाख २६ गते शुक्रवार