२०८१ कार्तिक २३ गते शुक्रवार

नेपालगन्जमा विश्वस्वास्थ्य संगठनका प्रतिनिधि कोरोना अध्यनगर्न गर्दै


दाङ, वैशाख २४ । नेपालगन्जमा विश्व स्वास्थ्य संगठनका प्रतिनिधि आएर कोरोना भाइरसको अध्यन गर्न थालेका छन् ।
उनीहरुले समुदायमा गएर अध्यन थालेका छन् । खासगरी पहिलो व्यक्तिमा कोरोना कहाँबाट र कसरी फैलियो भन्ने अध्यन उनीहरुले गर्ने छन् । बाँकेका जिल्लाका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले के कारणले एउटै समुदायमा धेरैमा कोरोना फैलिएको हो ? भन्ने अध्यन गर्न टोली परिचालन भएको जानकारी दिए ।

कोरोना भाइरसको संक्रमण एकै पटक धेरै ब्यक्तिमा फैलिनुको कारणबारे विज्ञ टोलीले अध्ययन सुरु गरेको उनले बताए । विश्व स्वास्थ्य संगठन, स्वास्थ्य मन्त्रालय लगायत निकाय नेपालगन्ज आएर स्थलगत अध्ययन सुरु गरेका छन् । अध्ययनका लागि विश्व स्वास्थ्य संगठनका पाँच जना कर्मचारी मंगलवार नै नेपालगन्ज आएका थिए । त्यसमा स्वास्थ्य मन्त्रालयका पनि केही अधिकारी संलग्न रहेको फोकल पर्सन श्रेष्ठले बताए ।

अहिलेसम्मको अध्ययन, अनुसन्धानबाट कोरोना भाइरस एकैपटक धेरै ब्यक्तिमा फैलिनुको कारण पत्ता लाग्न सकेको छैन । अध्ययन पश्चात उक्त टोलीले अब के गर्ने भन्ने बारे पनि सुझाव दिने भएको छ ।नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ निवासी ६० वर्षिय ब्यक्तिमा गत शुक्रबार पहिलो पटक यहाँ कोरोना संक्रमण पुष्टी भएको थियो । उनको कन्ट्रयाक्ट ट्रेसिङका आधारमा ९४ जनाको स्वाब पिसिआर परीक्षण गर्दा वडा नम्बर ८ का अन्य २३ जना ब्यक्तिमा पनि कोरोना संक्रमण पुष्टी भइसकेको छ ।

६० वर्षिय संक्रमित ब्यक्ति जोलहनपुर्वा टोलमा रहेको अन्सारियन मस्जिदमा साँझ–बिहान नमाज पढ्न जाने गरेका थिए । उनी मदरसा इस्लामिया फैजुल उलुमका शिक्षक हुन । त्यसैले बालबालिकाको घरमै पुगेर उर्दु भाषा पनि पढाउँदै आएका छन् । पहिलो संक्रमित व्यक्तिकै ‘कन्ट्रयाक्ट ट्रेसिङ’ का आधारमा गत शनिबारबाट वडा नम्बर ७ र ८ मा यसअघि स्वाब संकलन गर्ने क्रम जारी रहेको छ ।

प्रकाशित मिति : २०७७ बैशाख २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *