प्रियास्मृति ढकाल,
नेपालगन्ज, वैशाख २३ ।नेपालगन्जमा मंगलवार थप ७ जनामा कोरोना भाइरस पुष्टि भएको छ । योसँगै नेपालगन्जमा मात्रै कोरोना संक्रमितको संख्या २३ पुगेको छ भने नेपालभर संक्रमितको संख्या ८२ पुगेको छ । शुक्रबार ६० बर्षीय नेपालगन्ज उपमहानगरपालिका–८ जोलहनपुरुवाका संक्रमित पुरुषलाई पछ्याउनेक्रममा सोही स्थानका अरु २२ जना नयाँ संक्रमित भेटिएका हुन ।
मंगलवगार कोरोना पुष्टि भएका व्यक्तिहरु पहिलो संक्रमित परिवारका सदस्य समेत रहेको खुल्न आएको छ । बाँकेका कोराना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार ९ बर्षीया बालिकासहित चार महिला र तीन पुरुषमा कोरोना पुष्टि भएको जानकारी दिए । श्रेष्ठका अनुसार ३२, ३४ र ५५ बर्षीया थप तीन जना महिला र २२, ३० र ४० बर्षीय पुरुषमा मंगलवार संक्रमण पुष्टि भएको हो ।
यो संगै नेपालगन्जमा कोराना संक्रमित पुष्टि भएका ७ र ९ बर्षका बालिकासहित ११ महिला र १२ पुरुष रहेका छन् । पहिलो संक्रमितको परिवार, आफन्त, उनले पढाउने विद्यार्थी र उनको सम्पर्कमा रहेका ९४ जनाको शनिवार र आइवार स्वाब संकलन गरिएको थियो । मंगलवार कोरोना संक्रमण पुष्टि भएकाहरुलाई खजुराको कोरोना अस्पताल लैजाने तयारी भइरहेको भेरी अस्पताल नेपालगन्जका मेसु डाक्टर प्रकाश थापाले जानकारी दिए ।
उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको थापाले बताएका छन् । संक्रमितहरुको कन्ट्याक्ट टे«ेसिङका आधारमा सयजना भन्दा बढीको स्वाव मंगलवार संकलन गर्न लागिएको उनले जानकारी दिए । संक्रमित संख्या ह्वात्तै बढेपछि कोरोना संक्रमण फैलिन नदिन, सक्रमितहरुको कन्ट्याक्ट टे«ेसिङ र स्वाव संकलनलाई प्रभावकारी गराउन मंगलवार विहान ११ बजेदेखि तीन दिन सम्म नेपालगन्जलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।