२०८१ बैशाख १९ गते बुधवार

नेपालगञ्जमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ७५ पुग्यो

वैशाख २१ । बाँकेको नेपालगञ्जमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भेरी अस्पतालमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको हो ।

आज नै मन्त्रालयले सुरुमा ९ जनामा कोरोना संक्रमण भएको जानकारी दिएको थियो भने फेरी थप ६ जनामा कोरोना संक्रमण भएको पुस्टि मन्त्रालयले गरेको हो  । केही दिनअघि नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ का ६० वर्षका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

आजै वीरगन्जका एकजना पुरुषमा पनि कोरोना संक्रमण देखिएको थियो। आइतबार मात्र १६ जना कोरोना संक्रमित थपिएका छन्। नेपालगन्जमा देखिएका संक्रमितमध्ये ९ जना पुरुष र ६ जना महिला छन्। योसँगै नेपालमा संक्रमितको संख्या ७५ पुगेको छ। त्यसमध्य हालसम्म १६ जना भने निको भएर घर फर्किसकेका छन् ।

प्रकाशित मिति : २०७७ बैशाख २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *