दाङ, बैशाख १९ । नेपालगन्ज र रुपेन्देहीका एक÷एक जनामा शुक्रवार कारोना भाइरस पुष्टि भएको छ । नेपालगञ्जका ६० वर्षीय पुरूष र रूपन्देहीका २५ वर्षीय युवकमा कोरोना भाइरस पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
प्रदेश पाँचमा पहिलो पटक एकै दिन दुई जनामा कोरोना पुष्टि भएको हो । नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या अब ५९ पुगेको छ। त्यसमध्य १६ जना भने उपचार पछि निको भएर घर गइसेका छन् ।
प्रकाशित मिति : २०७७ बैशाख १९ गते शुक्रवार