२०७८ बैशाख २५ गते शनिवार

प्रतिष्ठान छोडेर बेलझुण्डीवाट स्वाब परीक्षण गर्न नेपालगन्ज पठाइयो


दाङ,वैशाख १८ । तुलसीपुरको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालवाट ७ जनाको स्वाब बुधवार परीक्षणको लागि नेपालगन्ज पठाइएको छ । जिल्ला कोरोना फोकल पर्सन कमल चन्दले उक्त जानकारी दिएका हुन ।त्यसैगरी बुधवार प्रतिष्ठानमा रहेका ३ जनाको स्वाब परीक्षणको नतिजा नेगेटिभ आएको छ । बुधवार नै रोल्पा जिल्लाका थप दुई जनाको स्वाब परीक्षणको लागि ल्याइएको छ । जिल्लाकै घोराहीमा पछिल्लो समय स्वाबको परीक्षण हुँदै आएको छ । जिल्लामा परीक्षणको सुविधा हुँदा हुँदै किन बाँके पठाउनु परेको हो ? भन्ने जिज्ञासामा उनले छिटोको लागि नेपालगन्ज पठाइएको जानकारी दिए ।

‘घोराहीस्थित प्रतिष्ठानमा ढिला हुने भएका कारण नेपालगन्ज पठाउनु परेको भन्ने छ,’ चन्दले भने । यो भन्दा अगाडि परीक्षण गर्न ढिला भएको भन्दै बेलझुण्डीबाट प्रतिष्ठान पठाइएका स्वाबहरु पनि झिकेर नेपालगन्ज पठाइएको थियो । यो घटनालाई कतिपयले भने कर्मचारी बीचको टकरावका कारण यो समस्या उत्पन्न भएको दाबी गर्दै आएका छन् ।

बाँके स्वाब पठाउनुमा अरु केही कुरापनि छिपेको छ कि ? भन्ने प्रश्नगर्दा चन्दले भने–‘त्यो भन्दा बढी कुरा मलाई थाहाँ भएन।’ यसयघिपनि प्रतिष्ठानकी उपकुलपति डा. संगिता भण्डारी र प्रमुख जिल्ला अधिकारी गोविन्दप्रशाद रिजालका बीचमा सामाजिक सञ्जालमै एक आपसमा अरोप प्रत्यारोप चलेको थियो ।

प्रतिष्ठान प्रति सत्तासिन दलको समेत असहयोग रहँदै आएको हुँदा इगोको कारण स्वाब परीक्षण गर्न नेपालगन्ज पठाइएको कतिपयले दाबी गर्दै आएका छन् । प्रतिष्ठानका पदाधिकारीले त्यो इगो पालेरै बेलझुण्डीबाट पठाइएका स्वाब परीक्षणमा ढिलाई गर्ने गरेको अर्कौ थरीको आरोप रहेको छ ।

प्रकाशित मिति : २०७७ बैशाख १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *