२०८२ मङ्सिर २३ गते मङ्गलवार

कपुरकोटमा ५० जनाको आरडिटी रिपोर्ट नेगेटिभ


शंकर केसी,
सल्यान, बैशाख १७ ।कपुरकोटमा ५० जनाको ¥यापिड डाईग्नोष्टिक (आरडीटी) गर्दा कसैमा पनि कोरोनाको लक्षण देखिएन । बुधबार गरिएको परीक्षणमा सबैको रिपोर्ट नन रियाक्टिभ आएको गाउँपालिकाका स्वास्थ्य संयोजक अरुण दाहालले जानकारी दिए ।

४५ जना पुरुष र ५ जना महिलामा ¥यापिड टेष्ट गरिएको थियो । उनीहरु सबै भक्तपुर, ललितपुर, काठमाडौँ,लमजुङ, बागलुङ, पोखरा, धादिङ लगाएतका जिल्लाबाट आएका मानिसहरु हुन । यस अघि कुपुरकोटमा ११ जनाको पिसिआर र ३६ जनाको ¥यापिड टेष्ट गरिएकोमा कसैमा पनि कोरोना देखिएको थिएन ।

रिपोर्ट नेगेटिभ आएका घर पठाइएको गाउँपालिका अध्यक्ष भिमबहादुर सेनले जानकारी दिए । विभिन्न जिल्लाबाट आएका ८ सय ७९ जनालाई विद्यालय र वन भवनमा राखिएको थियो ।

प्रकाशित मिति : २०७७ बैशाख १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *