२०७८ बैशाख २५ गते शनिवार

दलहरुका बीचमा राष्ट्रिय एकता आवश्यक छ – पूर्वसभामुख महरा


दाङ, बैशाख १७ । पूर्व सभामुख कृष्णबहादुर महराले दलहरुका बीचमा राष्ट्रिय एकता हुनुपर्ने जोड दिएका छन् । महराले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको विवादले आम जनता निरास बनेको हुँदा राष्ट्रिय एकता हुनुपर्ने राष्ट्रिय एकता हुनुपर्ने धारणा राखेका छन् ।

बुधवार प्रेस विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा सदस्य समेत रहेका महराले मुलुककै सबैभन्दा ठूलो तथा सरकार सञ्चालन गरिरहेको दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको विवादले आम जनता निरास बनेको उल्लेख गरेका छन् । महराले भनेका छन् ‘यस्तो जटिल अवस्थामा दलहरुबीच एकता र सहकार्य हुनपर्नेमा विवाद देखिनुलाई राम्रो मान्न सकिदैन ।’उनले दलहरुबीच आन्तरिक एकता कायम गरेर संवाद, सहमति र सहकार्यबाट अगाडी बढ्न अपिल समेत गरेका छ्न ।

महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले अहिले विश्व आक्रान्त बनेको अहिलेको विषम परिस्थितिमा सबै दल तथा जनता मिलेर कोरोना भाइरस विरुद्ध संघर्ष गर्नुपर्ने उनको बक्तव्यमा उल्लेख छ । मुलुकको अर्थतन्त्र निकै धराशायी अवस्थामा पुगेको भन्दै उनले कोरोना संग मिलेर सामाना गर्न सुझाएका छन् ।

प्रकाशित मिति : २०७७ बैशाख १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *