दाङ, वैशाख १४ । नेपालमा आइतवार थप एकजनामा कोरोना भाइरस पुष्टि भएको छ । झापा जिल्ला निवासी एकजना ५० बर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।
कोसी अस्पताल विराटनगरमा भएको परीक्षणको नतिजा अनुसार ती पुरुषमा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रबक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।
संक्रमित व्यक्ति अस्पतालको सम्पर्कमै रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिइएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ । त्यसमध्य १६ जना भने उपचार पछि घर फर्किसकेका छन् ।
प्रकाशित मिति : २०७७ बैशाख १४ गते आइतवार