
शरद रेग्मी,
तुलसिपुर , बैशाख १४ ।तुलसीपुरमा कोरोना भाइरस विरुद्ध द्रुत प्रतिकार्य परियोजना सुरु भएको छ । युएसएआईडीको आर्थिक सहयोग र तुलसीपुर उमपहानगरपालिकाको समन्वयमा तुलसीपुर उधोग बाणिज्य सघंले सञ्चालन गर्न लागेको परियोजनाको आइतवार भिडियो कन्फरेन्स मार्फत सरोकारवालाहरुका बीचमा छलफल भएको छ ।
यूएसआईडीका प्रतिनिधि काठमाडौंवाट सहभागि भएका थिए । तुलसीपुर उद्योग वाणिज्य संघका पदाधिकारी कार्यालयमा उपस्थित थिए भने तुलसीपुरका मेयर घनश्याम पाण्डेपनि आफ्नै कार्यालयवाट सहभागि भएका थिए । त्यसक्रममा मेयर पाण्डेले कोरोना बिरुद्धको लडाईमा युएसएआईडीले महत्वपुर्ण परियोजना तुलसिपुरमा सुरु गर्न लागेकोमा धन्यबाद ज्ञापन गरेका थिए ।
तुलसीपुरका १९ वटै वडाहरुमा स्वास्थ्य स्वयमसेवक परिचालन गरेको तथा सेनिटाईजर उत्पादन गर्ने तालिमदेखि कोरोना बिरुद्ध सजकता अपनाउने कार्यक्रमहरु रहेको अवगत गराएका छन् । सेनिटाईजरको अभावलाई मध्यनजर गर्दै युएसएआईडीको सहयोगले गाउँमा विषादी छर्ने अभियान समेत परियोजनामा रहेको जानकारी दिइएको छ ।
युएसआईडी अन्तर्गत सञ्चालन भइरहेको तयार नेपालकी एक्सन फण्ड म्यानेजर रक्षा शाहले यो परियोजना अप्रिल १५ देखि जुन १५ सम्म सञ्चालन हुने जानकारी दिएकी थिइन । अहिले कोरोना नियन्त्रण गर्न सबैको सहकार्य हुन जरुरी रहेको भन्दै उनले त्यसमा युसएआईडीले निजी क्षेत्रसंग हातेमालो गरेर अगाडि बढेको म्यानेजर शाहले बताइन ।
कार्यक्रममा टेक्निकल फोकल पर्सन धिरज कार्की, तुलसीपुरका जन स्वास्थ्य प्रबद्र्धन शाखाका कोरोना फोकल पर्सन बिमल केसी , बिपद व्यवस्थापन महाशाखाका प्रमुख भिमप्रकाश केसीलगायतको सहभागिता रहेको थियो ।बैठक तुलसिपुर उधोग बाणिज्य सघंका अध्यक्ष बिरबहादुर रावतको अध्यक्षता र तुलसिपुरका मेयर घनश्याम पाण्डेको प्रमुख आतित्थ्यतामा भएको हो ।बैठकको सहजीकरण तुलसीपुर उधोग बाणिज्य सघंका सचिब एवं परियोजनका टिम लिडर बिनिल केसीले गरेका हुन ।