२०८१ फाल्गुन ६ गते मङ्गलवार

बीरगञ्जमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं, बैशाख १४ । वीरगन्जका आइतवार थप दुई जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुगेको छ। त्यसमध्य १६ जना भने निको भएर घर फर्किसकेका छन् ।

नयाँ संक्रमित दुबैजना गत चैत ३० गते वीरगन्जको छपकैयास्थित मस्जिदका तीन जना कोरोना संक्रमित भारतीयको संक्रमित व्यक्तिहरु हुन । आइतवार संक्रमन पुष्टि भएका मध्य एकजना मस्जिदका मलोना (पुजारी) रहेको र एकजना महानगरका सफाई गर्ने नाइके रहेको जानकारी दिइएको छ ।

संक्रमित दुबैलाई नारायणी अस्पतालको आइसोलेसनमा राखिएको छ । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको हो । कोरोना संक्रमित भारतीय तीन नागरिक भने निको भएको हुँदा शनिवार मात्रै डिस्चार्ज भएका थिए ।

प्रकाशित मिति : २०७७ बैशाख १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *