२०७८ बैशाख २५ गते शनिवार

कक्षा १२ को परिक्षा बैशाख अन्तिम सम्म हुन सक्छ – शिक्षा मन्त्री पोखरेल


काठमाडौं, बैशाख १३ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणी पोखरेलले १२ कक्षाको परीक्षा बैशाख अन्तिम सम्म हुन सक्ने बताएका छन् । शिक्षा पत्रकार समूहले कोरोना भाइरसको महामारीबाट शैक्षिक क्षेत्रमा उत्पन्न परिस्थितिका बारेमा शनिबार गरेको भर्चुअल साक्षात्कारमा शिक्षा मन्त्री पोखरेलले त्यस्तो बताएका हुन । उनले विद्यालय तहको अन्तिम परिक्षा भएको हुँदा १२ कक्षाको परीक्षा गर्नैपर्ने परिस्थिति रहेको तर्क गरे ।

‘घरकै खाना खाएर, नजिकैको विद्यालयमा सुरक्षित परीक्षा दिने व्यवस्था मिलाउनेछौं,’ मन्त्री पोखरेलले भने। तर उनले सयौं विद्यार्थीका कारण सामाजिक दूरी कायम गर्न मुस्किल हुने भएकाले शैक्षिक संस्थाहरु लकडाउनपछि सबैभन्दा अन्तिममा खुल्ने स्पष्ट पारे ।

देशभर २ सय ५० विद्यालय र क्याम्पसलाई क्वारेन्टाइन बनाइएका भन्दै शिक्षा मन्त्री पोखरेललेल तत्काल त्यहाँ कक्षा संचालन गर्न सम्भव नभएको प्रष्ट पारे । उनले अबको हप्ता दिन भित्र सबै विद्यालयको नतिजा निकाल्ने र अर्कौ हप्ता भित्रै माथिल्लो कक्षामा भर्ना हुने बाटो खोल्ने गरी विद्यालय तहको शैक्षिक कार्यक्रम अघि बढ्ने जानकारी दिए ।

त्यस्तै उनले जेठसम्ममा नयाँ शैक्षिक सत्र सुरु गर्न सके शैक्षिक सत्र नभत्किने विश्वास व्यक्त गरे । जाडो–गर्मी बिदा, चाडपर्वका बिदा कटाएर तथा अतिरिक्त कक्षालाई बढाएर पनि शैक्षिक सत्र भत्किन नदिने मन्त्री पोखरेलले योजना सुनाए ।

उनले मन्त्रालयले अनलाइन एजुकेशन र विकल्पहरुका बारेमा सुझाव दिन शिक्षा मन्त्रालयले पूर्वमन्त्री गणेश साहको नेतृत्वमा विज्ञ समिति गठन गरेको जानकारी दिएका छन् । उक्त समितिले अन्य ६ विषयगत समिति पनि गठन गरेको उनले बताए ।

समितिले प्रारम्भिक अवधारणा दिइसकेको र विषयगत उपसमितिसँग पनि छलफल गरिरहेको उनले बताए । आइतबार मन्त्रीपरिषदले गर्ने निर्णयका आधारमा शैक्षिक कार्यक्रम र योजना बनाउने मन्त्री पोखरेलले जानकारी दिए । शिक्षा मन्त्रालयले गठन गरेको विज्ञ समितिले आइतवार सुझाव प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

प्रकाशित मिति : २०७७ बैशाख १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस
  1. Arjun bk says:

    15 gate nai khulxa lockdown

Leave a Reply

Your email address will not be published. Required fields are marked *